अस्ट्रेलिया र पाराग्वेबीचको खेल बराबरीमा, अस्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया प्रतियोगिताको अन्तिम ३२ मा प्रवेश गरेको छ। दुवै टोलीका लागि अनुकूल रहेको यस नीरस बराबरीपछि पाराग्वे पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा अघिल्लो चरणमा पुग्ने लगभग निश्चित भएको छ।

Advertisement

अस्ट्रेलियालाई उपविजेताका रूपमा नकआउट चरणमा पुग्न बराबरीको आवश्यकता थियो। पाराग्वेलाई पनि ४ अंक जोड्दा तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोलीभित्र पर्दै अघिल्लो चरण पुग्ने अवसर थियो।

खेलको सुरुवाती समयमा अस्ट्रेलियाले केही आक्रामक अवसरहरू सिर्जना गरे पनि गोल गर्न भने सकेन। पहिलो हाफमा पाराग्वेका तर्फबाट कुनै उल्लेखनीय प्रहार हुन सकेन।

अस्ट्रेलियाका ज्याक्सन इर्भिनको प्रहारलाई खेलको चौथो मिनेटमै पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले विफल पारिदिएका थिए। त्यसैगरी क्रिस्टियन भोल्पाटोको उत्कृष्ट प्रहारलाई पनि गोलकिपर गिलले उत्कृष्ट बचाउ गरे।

टर्कीविरुद्धको खेलमा रातो कार्ड पाएका मुख्य खेलाडी मिगुएल अल्मिरोनको अनुपस्थितिमा मैदान उत्रिएको पाराग्वेले दोस्रो हाफमा आफ्नो रणनीति परिवर्तन गरेको थियो। मैदान छिरेका वैकल्पिक खेलाडी माउरिसियोको प्रहारलाई अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले रोकेका थिए।

खेलको अन्तिम समयमा अस्ट्रेलियाका जोर्डन बोसले गोल गर्ने राम्रो अवसर गुमाएका थिए। यसै समूहको अर्को खेलमा भने यसअघि नै बाहिरिइसकेको टर्कीले समूह विजेता अमेरिकालाई पराजित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री