
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापान र स्विडेनले १–१ गोलको बराबरी खेलेका छन्।
डालास स्टेडियममा भएको प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित सकिए पनि दोस्रो हाफमा दुवै टोलीले १–१ गोल गरे।
यो बराबरी खेलपछि ५ अंक जोडेको जापान समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। स्विडेन भने ३ अंकसहित समूहको तेस्रो स्थानमा सीमित बनेको छ।

खेलको ५६ औँ मिनेटमा डायची मायदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। तर जापानको त्यो अग्रता धेरै समय टिक्न पाएन र खेल रोमाञ्चक मोडमा पुग्यो।
६२ औँ मिनेटमा स्विडेनका एन्थोनी एलागाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमै टुङ्गियो।









प्रतिक्रिया