
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फ सोही पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध चयन भएका हुन्।
आफ्नो उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावकसमेत बसेका छन्। यद्यपि निर्वाचन आयोगले भने उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिसकेको छैन।
पार्टीको मौजुदा विधानअनुसार एक जना सभापति र दुई जना उपसभापति रहने व्यवस्था छ। यसैगरी एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने वैधानिक प्रावधान छ।









प्रतिक्रिया