साउदीविरुद्ध स्पेनको सानदार जित, ओयार्जाबलको दुई गोल

फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध चार गोल गर्दै सानदार जित हासिल गरेको छ। खेलको सुरुवाती समयदेखि नै आक्रामक बनेको स्पेनले पहिलो हाफमै खेल आफ्नो नियन्त्रणमा लिएको थियो।

Advertisement

खेलको १०औँ मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ओयार्जाबल आफैँले खेलको २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल थपेर पहिलो हाफ नसकिँदै टोलीको अग्रता तेब्बर बनाए।

पहिलो हाफको खेल सकिँदा तीन गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप एक गोल उपहार पायो। स्पेनका कुकुरेलाको प्रहारलाई जोगाउने प्रयास गर्दा साउदी अरेबियाका ताम्बाकीले आत्मघाती गोल गर्न पुगेका थिए।

साउदी अरेबियाले स्पेनको बलियो रक्षापङ्क्ति तोड्न नसक्दा खेलमा थप गोल फर्काउन सकेन। यो जितसँगै विश्वकपमा स्पेनले आफ्नो बलियो उपस्थिति प्रमाणित गर्दै महत्त्वपूर्ण अङ्क जोड्न सफल भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री