ओयारजाबालको दुई गोलमा स्पेनको सानदार जित

विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियामाथि ३–० को सहज जित दर्ता गरेको छ।

Advertisement

एटलान्टाको मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा स्पेनले पहिलो हाफमै खेल आफ्नो पक्षमा पारेको हो।

खेलको १० औं मिनेटमा युवा स्टार लामिन यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। आफ्नो पहिलो विश्वकप सुरुआती खेलमै यामालले मिकेल ओयारजाबालको उत्कृष्ट क्रसलाई पोस्टको दिशा दिए।

त्यसपछि ओयारजाबाल आफैले लगातार २ गोल गर्दै स्पेनको जित निश्चित गरे। उनले डिबक्स भित्रबाट चलाखीपूर्ण तरिकाले टोलीका लागि दोस्रो गोल गरे भने त्यसको केही मिनेटमै व्यक्तिगत दोस्रो गोल थपे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री