टर्कीमाथि अमेरिकाको रोमाञ्चक जित, उपविजेता बन्दै अस्ट्रेलिया पनि अन्तिम ३२ मा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को उपविजेता बन्दै अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ।

Advertisement

बिहीबार भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलियाले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेको हो।

यसै समूहको अर्को खेलमा आयोजक अमेरिकाले टर्कीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ। टर्कीविरुद्धको रोमान्चक जितसँगै अमेरिका ९ अंक जोडेर समूह विजेताका रूपमा अघिल्लो चरणमा पुगेको छ।

यस समूहबाट ४ अंक जोड्दै अस्ट्रेलिया दोस्रो स्थानमा रहन सफल भएको हो। प्रतियोगितामा खराब प्रदर्शन गरेको टर्की भने समूह चरणबाटै बाहिरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री