नेदरल्यान्ड्सको सहज जित, ट्युनिसिया बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियाविरुद्ध ३–१ को सानदार जित निकालेको छ।

Advertisement

कानसास सिटीमा भएको खेलमा उत्कृष्ट सुरुवात गर्दै नेदरल्यान्ड्सले खेलको सुरुवाती १० मिनेटभित्रै दुई गोल गरेर आफ्नो पकड बलियो बनाएको थियो।

पहिलो हाफमा स्पष्ट दबाब राखेको डच टोलीले तेस्रो गोल भने दोस्रो हाफमा थप्यो। ट्युनिसियाले दोस्रो हाफको सुरुवाती समयमा एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेपनि थप गोल गर्न सकेन।

यो जितसँगै महत्त्वपूर्ण ३ अंक बटुल्दै नेदरल्यान्ड्सले समूहमा आफ्नो कुल अंक ७ पुर्‍याएको छ। लगातारको हारसँगै अंकविहीन बनेको ट्युनिसियाको भने विश्वकपको अर्को चरण पुग्ने सम्भावना आधिकारिक रूपमा समाप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री