
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन्। खुलातर्फका ३२ जनासहित कुल ९९ जना नयाँ केन्द्रीय सदस्य निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार सबैभन्दा धेरै मत उपसभापति स्वर्णिम वाग्लेले प्राप्त गरे। उनले प्रवास र इलेक्ट्रोनिक माध्यमबाट गरी कुल २ हजार ६ सय ५६ मत पाएका हुन्।
वाग्लेपछि धेरै मत पाउनेहरूमा सोविता गौतम, शिशिर खनाल र सागर ढकाल रहेका छन्।
















प्रतिक्रिया