एनआईसी एसिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ। विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले यो सहयोग गरेको हो।

Advertisement

हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३ सय ७६ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको यस विद्यालयमा बुधबार एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरियो। बैंकका काठमाडौँ इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव पुरीलाई सो स्मार्ट बोर्ड हस्तान्तरण गरे।

शैक्षिक वातावरण सुदृढ बनाउने लक्ष्य उक्त कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापकद्वय निरा गिरी र गोविन्द नेपालसहित अन्य शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

डिजिटल प्रविधिको प्रयोगले विद्यार्थीको पठनपाठनमा अझ धेरै सहजता थपिने छ। यसबाट विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न ठूलो सहयोग पुग्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री