एनआईसी एसिया बैंकद्वारा पर्वतको जननेत्र माविमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वतको मोदी गाउँपालिका, देउपुरस्थित श्री जननेत्र माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ।

Advertisement

विद्यालयको पठनपाठन र खेलकुद गतिविधिलाई थप सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले यो सहयोग गरेको हो।

हाल १९१ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा बैंकका चिफ मार्केटीङ अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड श्वेता शेरचनले सामग्री हस्तान्तरण गरे। उनीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शर्मा र प्रधानाध्यापक दिपक शर्मालाई संयुक्त रूपमा ती सामग्रीहरू हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकले विद्यार्थीहरूका लागि झोला, पेन्सिल, कापी र डटपेन लगायतका शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ। यसैगरी खेलकुदतर्फ फुटबल, भलिबल, भलिबल नेट, ब्याडमिन्टन, स्किपिङ, सटपुट बल र जेभ्लिन थ्रो लगायतका सामग्रीहरू प्रदान गरिएका छन्।

बैंकले उपलब्ध गराएको यो सहयोगबाट विद्यार्थीहरूको पठनपाठन र खेलकुद क्रियाकलापमा थप सहजता आउने विश्वास लिइएको छ। यस कार्यले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न मद्दत पुग्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री