
सुनचाँदीको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ।
नेपाली बजारमा सुनको मूल्य एकैदिन ५ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ तोकिएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि बिहीबार ठूलो गिरावट दर्ता भएको छ। यस दिन चाँदीको मूल्य तोलामा २५० रुपैयाँले घटेको छ।
महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबारको बजारमा चाँदी तोलाको ४ हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।









प्रतिक्रिया