कुमारी बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता, ग्राहकलाई १० प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र टङ्गालस्थित नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेडबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन्।

Advertisement

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो सहकार्य गरेको हो। बैंकले यसअघि पनि मेदान्त तथा इन्द्रप्रस्थ एपोलोलगायत देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग छुट सम्बन्धी सम्झौता गरिसकेको छ।

देशभरका शाखाबाट सेवा कुमारी बैंकले आफ्ना देशभर रहेका २ सय ८६ शाखा सञ्जाल, ३ सय ४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ एकाइहरू मार्फत सेवा दिँदै आएको छ। आफ्ना ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउन बैंक क्रियाशील छ।

परिवर्तित समयसँगै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई बैंकले आत्मसात् गरेको छ। आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री