शनिबार, ८ वैशाख २०८१

दाँत पहेलो छ,मुख गन्हाउछ ; समाधान कागती 

समयपोष्ट २०७३ भदौ १० गते ६:२०


सेतो  सफा दाँत स्वास्थ्य र सौन्र्दयको दृष्टिले निकैनै महत्वपुर्ण कुरा हो । त्यस्तै मुख गन्हाउने आजकाल धेरैको समस्या बनिरहेको छ  । यसको लागि कागती अचुक औषधि बन्नसक्छ । दाँत सफा चम्किलो बनाउन साथै मुख गन्हाउने समस्याबाट राहत पाउनको  लागि घरेलु उपचारका केही टिप्स 
१.कागतीको आधा भाग निचोरेको टुक्रामा चार थोपा तोरीको तेल ,हल्दी र नुन राखेर दाँत माझ्ने । यसले दाँत सेतो र चम्किलो बनाउनछ ।
२.कागतीको बोक्रा घाममा सुकाएर पिस्ने त्यसपछि त्यसमा थोरै खाने सोडा र नुन मिलाएर दाँत माझ्दा दाँत सेतो हुन्छ ,मुख गन्हाउने समस्याबाट पनि राहत मिल्छ  साथ साथै दाँतको सामान्य रोग पनि ठिक हुन्छ । 
३.घाममा सुकाएर पिनेको कागतीको बोक्रामा फिटकिरी मिलाएर हरेक दिन दाँत माझ्दा दातको दुखाइबाट राहत मिल्छ ।
४.कागतीको रसमा ब्रस डुबाएर दाँत माझ्दा पनि दात चम्किलो हुन्छ । 
५.नुन ,तोरीको तेल र कागतीको रस मिसाएर दाँत माझ्दा दाँत बलियो हुन्छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री