शारीरिक सम्पर्क गराएर सार्वजनिक गरिदिने धम्की, करोडौँ रकम असुली

सामाजिक सञ्जाल टिकटकमा समसामयिक विषयमा टिप्पणी गरेर चर्चामा आएकी एकल महिला तुल्सा (तुल्सी) अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ।

Advertisement

इन्टरपोलको सहयोगमा थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएकी अधिकारीविरुद्ध बिहीबार बहस सकिएपछि अदालतले थुनामा राख्ने आदेश दिएको हो।

ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले उनी जोडिएको आपराधिक विश्वासघात, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतमा हाजिर गराइएको बताए।

पुराना गाडी किनबेच गर्ने हाम्रो अटोमोबाइल्स प्रालिका सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध आपराधिक विश्वासघात र सङ्गठित अपराधमा जाहेरी दिएका थिए।

Advertisement

अधिकारीले २०७५ साल फागुनतिर महिन्द्रा गाडीको शोरुमको कर्मचारी भन्दै फोन गरेर चिमोरियाको व्यावसायिक र पारिवारिक विवरण लिएकी थिइन्।

पछि बुटवलमा भेट हुँदा खाजा खाने बहानामा होटलमा लगेर शारीरिक सम्पर्कको वातावरण सिर्जना गराएको र त्यसपछि सम्बन्ध सार्वजनिक गरिदिने धम्की दिएर रकम माग्न थालेको जाहेरीमा उल्लेख छ।

अधिकारीले जबरजस्ती करणीको मुद्दा हालिदिने धम्की दिएपछि चिमोरियाले ललितपुरको नखिपोटमा फ्ल्याट भाडा तिरेको र डरकै कारण बुटवल तथा इमाडोलमा लाखौँ रुपैयाँ खर्च गरेर पसल किनिदिएको बताएका छन्।

त्यसपछि धातु र स्टोनको व्यापार गर्ने भन्दै २५ लाख र अन्य धम्कीमार्फत ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद र सामान लिएको चिमोरियाको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री