
इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ परेकी टिकटक प्रयोगकर्ता तुलसी अधिकारी (तुलसा) लाई नेपाल ल्याइएको छ। रेड नोटिस जारी भएकी उनलाई शनिवार राति काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए।
पक्राउ परेकी अधिकारीलाई थुनछेक प्रयोजनका लागि ललितपुर जिल्ला अदालतमा उपस्थित गराइने तयारी प्रहरीले गरेको छ। उनीविरुद्ध अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भइसकेको छ।
६ करोडभन्दा बढीको बिगो दाबी
अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरी सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। ललितपुरका एक व्यवसायीको जाहेरीका आधारमा दायर भएको उक्त मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।
तुल्सा कलेक्सन प्रालिकी सञ्चालक समेत रहेकी अधिकारीमाथि व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लगातार ब्ल्याकमेलिङ गरेको आरोप छ। ब्ल्याकमेलिङ गरेर उनले आफूबाट ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद र जिन्सी रकम असुल गरेको दाबी पीडित व्यवसायीले गरेका छन्।








प्रतिक्रिया