
उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर दिनभर सोधपुछ गरेपछि बिहीबार राति छाडेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । सचिव पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप लागेको छ ।
बिहीबार दिउँसो करिब ३ बजेतिर कार्यालयमा ल्याइएका पुष्करलाई करिब ७ घण्टा लामो सोधपुछपछि छाडिएको हो । उनलाई उनकी पत्नी एवम् सहसचिव आभा श्रेष्ठको जिम्मा लगाएर बिहीबार राति १० बजेतिर अनुसन्धान कार्यालयबाट बाहिर पठाइएको छ ।
मुख्यसचिव बन्ने प्रतिस्पर्धामा रहेका पुष्कर हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् । सरकारले २०८२ मंसिर ९ मा सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।








प्रतिक्रिया