शुक्रबार, ७ वैशाख २०८१

स्तन क्यान्सर कम गर्न हरियो सब्जी र फलफुल 

समयपोष्ट २०७३ भदौ ५ गते ८:२४

 

Advertisement

p f

बदलिदो जिवनशैलीका कारण स्तन क्यान्सर सामान्य बन्दै गइरहेको छ । महिलाहरुमा यसको जोखिम बढ्दो छ । यस रोगबाट बच्न महिलाहरु आफै सचेत बन्न निकै आवश्यक देखिन्छ । किशोरावस्था देखिनै खानपानमा ध्यान दिने हो भने वयष्कमा यो रोग लाग्ने खतरा कम हुन्छ । किशोरावस्थामा अधिक मात्राम फलफुल र हरियो साग सब्जी खानाले महिलाहरुमा स्तन क्यान्सरको जोखिम कम हुने एक अध्ययनले जनाएको छ । अध्ययनको अनुसार फलफुल र हरियो साग सब्जीमा  भिटामीन र फाईबरको मात्रा अत्याधिक हुने र यसलाई  नियमित आफ्नो आहारमा प्रयोग गर्ने किशोरीहरुमा स्तन क्यान्सरको खतरा २५ प्रतिशत् सम्म कम हुने अध्ययनले देखाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री