
नेपाल एसबिआई बैंक लिमिटेडले सिंगापुरको एसियन बैंकिङ एन्ड फाइनान्स (एबिएफ) बाट विभिन्न चारवटा विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।
होलसेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत बैंकले ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधि जितेको छ।
त्यसैगरी रिटेल बैंकिङ अवार्ड २०२६ अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर- नेपाल’ र ‘एसएमई बैंक अफ द इयर- नेपाल’ बाट समेत बैंक सम्मानित भएको छ।
यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले होलसेल तथा रिटेल बैंकिङ सेवामा पुर्याएको तरलता व्यवस्थापन, व्यापार वित्त र उत्कृष्ट बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको छ।
विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकले आफ्ना ग्राहक, सेयरधनी र नियामक निकायप्रति कृतज्ञता ज्ञापन गरेको छ। प्राप्त सम्मानले आगामी दिनमा सेवा अझ सुदृढ बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन प्रेरणा मिलेको बैंकले जनाएको छ।
हाल बैंकले देशभर आफ्ना १ सय ३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र २१ शाखा रहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ। यसका साथै बैंकको वित्तीय नेटवर्कमा १ सय २७ वटा एटीएम र १ वटा कर्पोरेट कार्यालय समेत सञ्चालनमा रहेका छन्।










प्रतिक्रिया