
विभिन्न सातवटा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले रिक्त रहेका उपकुलपति (भीसी) पदहरूमा नियुक्ति गरेका छन्। शुक्रबार प्रधानमन्त्री शाहले विश्वविद्यालयका लागि सिफारिस गरिएका ‘सर्टलिस्ट’ मा परेका तीन/तीन जना उम्मेदवारमध्येबाट एक/एक जनालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले देशकै सबैभन्दा जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन्।
कुन विश्वविद्यालयमा को नियुक्त?
| क्र.सं. | विश्वविद्यालय | नियुक्त उपकुलपति |
| १ | त्रिभुवन विश्वविद्यालय | प्रा.डा. भोला थापा |
| २ | सुदूरपश्चिम विश्वविद्यालय | किसन दत्त भट्ट |
| ३ | मध्यपश्चिम विश्वविद्यालय | राजन सुवाल |
| ४ | कृषि तथा वन विज्ञान विश्वविद्यालय | ऋषिराम कट्टेल |
| ५ | राजर्षी जनक विश्वविद्यालय | श्यामनारायण लाभ |
| ६ | पोखरा विश्वविद्यालय | देवेन्द्र अधिकारी |
| ७ | पूर्वाञ्चल विश्वविद्यालय | सुजन बाबु मरहट्टा |
लामो समयदेखि रिक्त रहेका यी पदहरूमा सर्च कमिटीले बुझाएको योग्यता र क्षमताका आधारमा तयार पारिएको सर्टलिस्टबाट प्रधानमन्त्रीले यो नियुक्ति टुंगो लगाएका हुन्।










प्रतिक्रिया