महिलाका लागि निःशुल्क ‘ब्लू बस’ सेवा कहिलेदेखि सञ्चालनमा आउँदै ?

काठमाडौँ उपत्यकामा आगामी साउन १ गतेबाट पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्न लागिएको हो।

Advertisement

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ। बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरिसकेकाले त्यहाँबाट सहमति प्राप्त भएलगत्तै पहिलो चरणको सेवा सुरु हुनेछ।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिनेछ। यसैगरी चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

चक्रपथमा गुड्ने गुड्ने बसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा सञ्चालन हुनेछन्। यो सेवाले उपत्यकाका महिला यात्रुको यात्रालाई थप सहज र सुरक्षित बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री