त्रिविको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति पदमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले रिक्त रहेको उक्त पदमा प्रा.डा. थापालाई शुक्रबार नियुक्त गरेका हुन् ।

Advertisement

यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति भइसकेका थापासँग उच्च शिक्षा क्षेत्रको नेतृत्व गरेको लामो अनुभव छ । उनले यसअघि सम्हालेको नेतृत्वदायी भूमिकाका कारण पनि त्रिविको आगामी यात्रा सुदृढ हुने अपेक्षा गरिएको छ ।

उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले प्रा.डा. थापासहित प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो । समितिले बुझाएको तीन जनाको सूचीमध्येबाट प्रधानमन्त्री शाहले थापालाई मुलुककै जेठो विश्वविद्यालयको जिम्मेवारी सुम्पेका हुन् ।

त्रिविको उपकुलपति पद रिक्त भएपछि प्रा.डा. सुशिल बज्राचार्यले निमित्त उपकुलपतिको रूपमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएका थिए । नयाँ उपकुलपतिको नियुक्तिसँगै बज्राचार्यको निमित्त कार्यकाल सकिएको छ र त्रिविले नयाँ नेतृत्व पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री