विश्वकप नकआउट चरण : अर्जेन्टिना र केप भर्डे भिड्दै

फिफा विश्वकप २०२६ अन्तर्गत डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भर्डेको सामना गर्दैछ। प्रतियोगितामा ६ गोल गरिसकेका लियोनेल मेसी गोल्डेन बुटको रेसको दोस्रो स्थानमा छन्।

Advertisement

मियामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शनिबार बिहान ३ बजेर १५ मिनेटमा सुरु हुनेछ। अर्जेन्टिना र काबो भर्डे पहिलोपटक आमने-सामने हुन लागेका हुन्।

अस्ट्रेलिया र इजिप्ट पहिलोपटक आमने-सामने

यसअघि शनिबार राति सवा ११ बजे डलास स्टेडियममा अस्ट्रेलिया र इजिप्टबीच खेल हुनेछ। विश्वकप इतिहासमा यी दुई टोली पहिलोपटक भिड्न लागेका हुन्।

समूह चरणमा अस्ट्रेलिया १ जित, १ हार र १ ड्र सहित ४ अंक जोडेर नकआउटमा पुगेको हो। अर्कातर्फ इजिप्ट भने कुनै पनि खेल नहारी नकआउट चरणमा प्रवेश गरेको छ।

कोलम्बिया र घानाको पहिलो भेट

अर्को खेलमा कोलम्बिया र घानाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कन्सास सिटी स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

कोलम्बिया समूह चरणमा अपराजित रहँदै नकआउटमा पुगेको बलियो टोली हो। घाना भने १ जित, १ हार र १ ड्र को यात्रा पार गर्दै यहाँसम्म आइपुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री