
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले शुक्रबार सो आदेश दिएको हो ।
अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा अध्यागमन विभागले एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन दिएको छ ।
राखेपबाट गरिएको निलम्बन १ जेठमा फुकुवा भइसकेकाले यात्रामा अवरोध गर्न नमिल्ने ठहर इजलासले गरेको छ ।
यसअघि राखेपले ८ वैशाखमा गृह मन्त्रालय र अध्यागमन विभागलाई पत्राचार गर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहितका पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण रोक्न आग्रह गरेको थियो । अदालतले उक्त पत्राचारसहित त्यसपछिका विभिन्न निकायबाट भएका निर्णयहरू तत्काल कार्यान्वयन नगर्न भनेको छ ।










प्रतिक्रिया