
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । चमतीस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराए ।
सभापति लामिछानेले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्रका साथै ‘घण्टी’ उपहार स्वरूप प्रदान गरे । केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सकिएपछि उनले निर्वाचित पदाधिकारीहरूलाई शपथ गराएका थिए ।
चितवनको भरतपुरमा असार ७ देखि १२ गतेसम्म रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । सभापतिमा निर्वाचित रवि लामिछानेले यसअघि नै आफ्नो शपथ लिइसकेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय समितिमा खुला तथा समावेशीतर्फ ३३, खस/आर्यतर्फ १०, आदिवासी/जनजातितर्फ नौ, थारु दुई, मधेसीतर्फ पाँच, दलिततर्फ तीन र मुस्लिमतर्फ दुई जना निर्वाचित भएका छन् । प्रादेशिक समूहतर्फ सातवटै प्रदेशबाट पाँच/का दरले ३५ जना निर्वाचित भएर आएका छन् ।
भरतपुर महाधिवेशनबाट रास्वपाको शीर्ष नेतृत्वमा ६ जना पदाधिकारीहरू निर्वाचित भएका छन् । पहिलो चरणमा केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारीका लागि प्रतिस्पर्धा भएको थियो ।
महाधिवेशनबाट सभापतिमा रवि लामिछाने र उपसभापति खुलातर्फ डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै उपसभापति महिलातर्फ सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल तथा सहमहामन्त्री महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन् ।
खुलातर्फ रवि लामिछाने, डा स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल, सागर ढकाल, डा तोसिमा कार्की, रञ्जु न्यौपाने, मनिष झा, हरि ढकाल र कविन्द्र बुर्लाकोटी निर्वाचित भए । त्यसैगरी विपिनकुमार आचार्य, रमेश प्रसाई, विराजभक्त श्रेष्ठ, निशा डाँगी, इन्दिरा राना मगर, गणेश पराजुली, पुकार बम, जगदीश खरेल (ललितपुर), सुलभ खरेल, यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने, सस्मित पोखरेल, रिमा विश्वकर्मा, राजुनाथ पाण्डे, राजीव खत्री, समीक्षा बास्कोटा, गणेश कार्की, खगेन्द्र सुनार, असिम शाह, हिमेश पन्त, जगदीश खरेल (दोलखा), गीता चौधरी र लिमा अधिकारी आचार्य विजयी भए ।
खस/आर्यतर्फ सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, प्रदीप विष्ट, डिल्लीश्वर कार्की (रोहन), प्रकृति ढकाल, टीका सङ्ग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा र सुशील कार्की पोख्रेल निर्वाचित भए । आदिवासी/जनजातितर्फ मिलन लिम्बू, शङ्कर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, ध्रुव थापा (मगर), आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुशुम महर्जन छानिए ।
थारु समूहतर्फ करिष्मा कठरिया र अशोककुमार चौधरी तथा मधेसीतर्फ बब्लु गुप्ता, अरविन्द साह, दीपकुमार साह, जुली यादव र कामिनीकुमारी चौधरी निर्वाचित भए । दलिततर्फ विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक तथा मुस्लिमतर्फ समिना मिया र रहबर अन्सारी निर्वाचित भएका छन् ।
प्रादेशिक समूहतर्फ कोशीबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ तथा मधेसबाट सुस्मा बस्नेत, सुनिताकुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अङ्कितकुमार यादव आएका छन् । बागमतीबाट प्रभा ढकाल, विदुषी राणा, आकाङ्क्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा तथा गण्डकीबाट पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, पूजा बास्तोला र विष्णुकुमारी गुरुङ चुनिए ।
लुम्बिनीबाट कल्पना पाण्डे, सङ्गीता ढकाल, ज्ञानु पौड्याल, Devराज पाठक र शर्मिला खनाल तथा कर्णालीबाट सीता बादी, विनिता कठायत, टासी ल्हाजोम, मेनुका शाही र प्रकाश न्यौपाने निर्वाचित भए । सुदूरपश्चिमबाट हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानिका जोशी र चन्द्र ऐर चाँदनी केन्द्रीय समितिमा पुगेका छन् ।









प्रतिक्रिया