महामन्त्रीकी उम्मेदवार रञ्जुद्वारा उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उनले उम्मेदवारी फिर्ता लिँदै अर्का उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी हुन्।

Advertisement

महाधिवेशन स्थल चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन र भोट विपिन आचार्यलाई हुने स्पष्ट पारिन्। यसअघि महामन्त्रीका अन्य उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले पनि आचार्यलाई नै समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरिसकेका छन्।

त्यस्तै, महामन्त्री पदका आकांक्षी शिशिर खनाल र जगदीश खरेल (ललितपुर) ले पनि यसअघि नै आफ्नो दाबेदारी छाडेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री