
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन प्रक्रिया अघि बढेको हो।
महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्की चुनावी मैदानमा उत्रिएका छन्। यसैगरी महामन्त्री पदका लागि विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुँदैछ।
पुरुष सहमहामन्त्री पदका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहसहित १० जनाले उम्मेदवारी दिएका छन्। मैदानमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त रहेका छन्।
महिला सहमहामन्त्रीतर्फ भने जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ।









प्रतिक्रिया