शेखर कोइरालालाई भेट्न निवासमै पुगे दाहाल र नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन्।

Advertisement

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र नेपाल कोइरालालाई भेट्न शुक्रबार बिहान विराटनगरस्थित उनकै निवासमा पुगेका हुन्।

नेताहरूबीच देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला विकसित राजनीतिक घटनाक्रम र संसद्को भूमिकाका विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री