अनुगमनमा पुगेको सहायक सीडीओको खानामा सङ्खे कीरा !

पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीमा रहेको रोयल कटेज प्रालिलाई ५० हजार जरिवाना गरिएको छ।

Advertisement

सहायक सीडीओ पोषणराज भण्डारीले खाना खाने क्रममा सागमा सङ्खे कीरा भेटिएपछि उक्त होटललाई जरिवाना गरिएको हो।

बर्दघाट नगरपालिकाका वडामा बालमैत्री घोषणाका लागि अनुगमनमा पुगेको सहायक सिडिओ नेतृत्वको टोली उक्त होटलमा खाना खान पुगेको थियो।

होटलले खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय तथा घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीद्वारा जरिवाना गरिएको भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री