
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचन समितिले विद्युतीय मतदानबाट प्राप्त विवरणअनुसार सर्वाधिक मत ल्याउने ३५ जना उम्मेदवारहरूको सूची बाहिर ल्याएको हो। खुला कोटाबाट सबैभन्दा बढी मत प्राप्त गर्ने ३५ जना उम्मेदवारहरू केन्द्रीय सदस्यमा निर्वाचित हुने व्यवस्था विधानमा रहेको छ।
अहिले सार्वजनिक भएको परिणाममा प्रवास क्षेत्रबाट प्राप्त मतहरू समावेश हुन बाँकी रहेकाले यसलाई अन्तिम नतिजा मानिएको छैन। त्यसैले प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरूलाई निर्वाचन समितिले अझै औपचारिक रूपमा विजयी घोषणा गरेको छैन। प्रवासतर्फको मत गणना सकिएर समग्र परिणाम आएपछि मात्रै खुलातर्फका केन्द्रीय सदस्यहरूको औपचारिक घोषणा हुने निर्वाचन समितिले जनाएको छ।
डा. स्वर्णिम वाग्ले पहिलो नम्बरमा, सोविता र शिशिर पछ्याउँदै
सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार खुलातर्फ डा. स्वर्णिम वाग्लेले सबैभन्दा धेरै २ हजार ६ सय ७ मत प्राप्त गरेर पहिलो स्थान बनाएका छन्। उनलाई सोविता गौतमले २ हजार ५ सय ९४ मतका साथ दोस्रो स्थानमा पछ्याएकी छन्। यस्तै शिशिर खनालले २ हजार ४ सय ९५ मत, सागर ढकालले २ हजार ३ सय ३३ मत र तोसिमा कार्कीले २ हजार २ सय ५७ मत ल्याएका छन्। रञ्जु दर्शनाले २ हजार २ सय ४९ मत, मनिष झाले २ हजार २ सय ३७ मत र हरि ढकालले २ हजार २ सय १९ मत पाएका छन्। कविन्द्र बुर्लाकोटीले २ हजार १ सय ८४ मत, विपिन आचार्यले २ हजार १ सय २६ मत र रमेश प्रसाईंले २ हजार १ सय २३ मत ल्याएका छन्।
बिराजभक्त श्रेष्ठले २ हजार ९४ मत, निशा डाँगीले २ हजार ८९ मत, इन्दिरा रानामगरले २ हजार ४७ मत र गणेश पराजुलीले २ हजार ४५ मत सुरक्षित गरे। ललितपुरका जगदिश खरेलले २ हजार ४४ मत, पुकार बमले २ हजार ३० मत, यज्ञमणि न्यौपानेले १ हजार ९ सय ६९ मत र प्रमोद न्यौपानेले १ हजार ८ सय ९२ मत प्राप्त गरे। सस्मित पोखरेलले १ हजार ८ सय ३३ मत, राजुनाथ पाण्डेले १ हजार ८ सय १२ मत, रीमा विश्वकर्माले १ हजार ८ सय १० मत र असीम साहले १ हजार ७ सय २८ मत ल्याए। खगेन्द्र सुनारले १ हजार ७ सय ८ मत, राजीव खत्रीले १ हजार ७ सय १ मत, समिक्षा बास्कोटाले १ हजार ६ सय ९९ मत र गणेश कार्कीले १ हजार ६ सय ९३ मत पाएका छन्।
दोलखाका जगदिश खरेलले १ हजार ५ सय १३ मत, लिमा अधिकारीले १ हजार ५ सय ४ मत, टीका संग्रौलाले १ हजार ४ सय ९० मत र शंकर श्रेष्ठले १ हजार ४ सय ८४ मत ल्याए। क्रान्तिशीखा धितालले १ हजार ४ सय ७९ मत, आशिका तामाङले १ हजार ४ सय ३० मत, सुदीप ढकालले १ हजार ४ सय २९ मत र अनुष्का श्रेष्ठले १ हजार ३ सय ५३ मत प्राप्त गर्दै प्रारम्भिक ३५ जनाको सूचीमा पर्न सफल भएका छन्।









प्रतिक्रिया