मेस्सीको जन्मदिनमा विश्वकप उपहार योजना, हस्ताक्षरित जर्सीदेखि विदेश भ्रमणसम्म

फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर नेपाली दर्शकका लागि ठूलो उपहार योजना सार्वजनिक गरिएको छ। DGO र हिमालयन स्पोर्ट्सले आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ हेर्ने दर्शकलाई लक्षित गर्दै ‘अल्टिमेट सब्सक्राइबर गिभअवे’ अभियान सुरु गरेका हुन्।

Advertisement

अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्ने उद्देश्यले यो योजना ल्याइएको हो। यस अन्तर्गत DGO एपमार्फत सिधै सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकहरू उपहारका लागि योग्य हुनेछन्।

मेस्सी, रोनाल्डो र नेयमारको जर्सी उपहार यस अभियानमा सहभागी हुनेमध्ये सिजन पास खरिदकर्ताले लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारको हस्ताक्षर गरिएको आधिकारिक जर्सी जित्न सक्नेछन्। मेस्सीको जर्सी विशेष गरी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने आयोजकले जनाएका छन्।

त्यस्तै सिजन पास विजेताका लागि ५५ इन्चको स्मार्ट टिभी, मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई र भियतनाम भ्रमणको प्याकेज समेत राखिएको छ। यो भ्रमण प्याकेज विजेता जोडीका लागि उपलब्ध गराइने छ।

मोबाइल पासमा पनि आकर्षक पुरस्कार मोबाइल पास खरिद गर्ने ग्राहकका लागि पनि आयोजकले विभिन्न उपहारहरूको व्यवस्था गरेका छन्। यस विधाका विजेताले ५५ र ४३ इन्चको स्मार्ट टिभी, स्मार्टफोन र जोडीका लागि भियतनाम भ्रमण प्याकेज जित्न सक्नेछन्।

यो अभियानमा सहभागी हुनका लागि ग्राहकले DGO एप डाउनलोड गरी अकाउन्ट रजिस्टर गर्नुपर्नेछ। त्यसपछि एपबाट सिधै विश्वकप हेर्नका लागि पास खरिद गरी कम्पनीको फेसबुक, इन्स्टाग्राम र टिकटक खाता फलो गर्नुपर्ने नियम छ।

साउन १ गतेसम्म सहभागी हुन पाइने यो उपहार योजना असार ७ गतेदेखि सुरु भइसकेको छ। ग्राहकहरूले आउँदो असार ३१ गते अर्थात् १५ जुलाई २०२६ सम्म यस अभियानमा सहभागिता जनाउन सक्नेछन्।

अभियानमा केवल नेपालभित्र बसोबास गर्ने सक्रिय DGO प्रयोगकर्ताहरू मात्र योग्य हुने बताइएको छ। आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता र तिनका परिवारका सदस्यहरू भने यस खेलमा सहभागी हुन पाउने छैनन्।

विजेताहरूको छनोट र प्रमाणीकरण DGO को आन्तरिक टोलीद्वारा निष्पक्ष रूपमा गरिने छ। विजेताले प्राप्त गर्ने पुरस्कारलाई नगद वा अन्य सामानसँग साट्न नपाइने सर्त राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री