व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि गम्भीर अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागलाई औपचारिक पत्राचार गर्दै उनको राहदानी रोक्का राख्न निर्देशन दिएको हो ।

Advertisement

अनुसन्धान प्रक्रिया चलिरहेका बेला उनी विदेश जान सक्ने सम्भावनालाई रोक्ने उद्देश्यले यो कदम चालिएको विभागसम्बद्ध स्रोतले जनाएको छ । सुमार्गीमाथि कर उन्मुक्ति पाउने ‘ट्याक्स ह्याभेन’ मुलुकहरूबाट शङ्कास्पद रूपमा नेपालमा ठूलो परिमाणको रकम भित्र्याएको गम्भीर आरोप छ ।

उनले मुख्य गरी मुक्तिश्री सिमेन्ट र स्याटलाइट टेलिकममा भित्र्याएको वैदेशिक लगानी लामो समयदेखि विवादको घेरामा रहँदै आएको छ । उक्त शङ्कास्पद लगानीको कानुनी विवाद यसअघि सर्वोच्च अदालतसम्म समेत पुगेको थियो ।

पछिल्लो समय राज्यका नियामक निकायहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत अवैध धनको ओसारपसार र लगानीमाथि निगरानी बढाएका छन् । सोही क्रममा सुमार्गीको वैदेशिक लगानीको स्रोत खोतल्न विभागले उनीमाथि प्रशासनिक र कानुनी घेरा कसिलो बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री