
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको भूगोल समूहतर्फको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको यो परिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो। प्रवास क्षेत्रमा रहेका मतदाताहरूमध्ये ४० जनाले अनलाइनमार्फत मतदान गरेका थिए। सार्वजनिक परिणाम अनुसार ७ मध्ये ६ प्रदेशमा महिला उम्मेदवारले सबैभन्दा धेरै मत ल्याएका छन्।
सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बनेका हेमराज थापाले भूगोलतर्फ देशभरमै सबैभन्दा बढी २ हजार ३० मत प्राप्त गरे।
कोशी र मधेशको मतपरिणाम
कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १ हजार ८ सय ६१ मत प्राप्त गरिन्। विश्वराज पोखरेलले १ हजार ४ सय ६० र शोभा कार्कीले १ हजार २ सय ४ मत ल्याए। कल्पना थापाले ९ सय ३९, सुजाता तामाङले ८ सय ३९ र लालविक्रम थापाले ७ सय ८३ मत पाए। सयमलाल चौधरीले ७ सय ५८, प्रकाश पाठकले ७ सय ४३ र बिरेन्द्र श्रेष्ठले ६ सय ३१ मत ल्याए।
राजकुमार राईले ६ सय २४, पारमणि गेलालले ६ सय १३ र धनेश्वर शाहले ५ सय ६७ मत पाए। नवीन खड्काले ५ सय ५५, प्रजना राईले ५ सय ३९ र भूमिनन्द बरालले ५ सय २६ मत ल्याए। पिताम्बर तिम्सिनाले ४ सय ९७, रमेशप्रसाद ओझाले ४ सय ८८, ऋतुराज लिम्बुले ४ सय ४४, कृष्णबहादुर चोङबाङ लिम्बुले ४ सय र सिर्जना लामा फोम्बोले ३ सय २४ मत प्राप्त गरे।
मधेश प्रदेशमा सुष्मा बस्नेतले सर्वाधिक १ हजार ४ सय १८ मत ल्याएर अग्रता लिइन्। सरिताकुमारी चौधरीले १ हजार २ सय ८०, नमिता यादवले १ हजार १ सय १९ र मञ्जु सिंहले १ हजार १३ मत पाए। अंकितकुमार यादवले ९ सय ५०, गणेश धिमालले ८ सय ६३, दिलपाल शाहले ८ सय ५१ र बरुणकुमार झाले ७ सय ६५ मत ल्याए। विजय पोखरेलले ७ सय ४०, रबिन महतोले ६ सय ५९, सरोजकुमार शाहले ६ सय ५२ र राजकिशोर महतो कोइरीले ५ सय ९६ मत प्राप्त गरे।
उदयनारायण सापकोटाले ५ सय ९१, मनोजकुमार रजकले ५ सय २३ र रसोलकुमार जयसवालले ४ सय ६० मत पाए। रामबाबु कुमार सिंहले ३ सय ९७, विष्णुकुमार शाहले ३ सय ८९, हरेराम ठाकुरले ३ सय ३६, कैलाश शाह सुढीले ३ सय १५ र तेजविक्रम कार्कीले ७८ मत ल्याए।
बागमती र गण्डकीको मत विवरण
बागमती प्रदेशमा प्रभा ढकालले सर्वाधिक १ हजार ५ सय १३ मत प्राप्त गरिन्। विदुसी राणाले १ हजार ३ सय १०, आकांक्षा पोखरेलले ८ सय ५०, अनिता श्रेष्ठले ८ सय २ र पार्वती थापाले ७ सय ४९ मत ल्याए। जगदीशचन्द्र शर्माले ७ सय ४०, दीपा लामिछानेले ७ सय १२, सुमनविक्रम पाण्डेले ६ सय ५७, प्रदीप तिम्सिनाले ६ सय ४२ र दिवाकर दंगालले ५ सय ९३ मत पाए। यदुकुमार गिरीले ५ सय ३४, भरतप्रसाद पुराजुलीले ४ सय ८६, झलककुमार श्रेष्ठले ४ सय ८२, प्रशान्त उप्रेतीले ४ सय ७३ र प्रभाकर घिमिरेले ४ सय ५० मत ल्याए।
सन्तोष थापाले ४ सय १७, सागर रिजालले ४ सय १३, हिमाल महतले ३ सय ९६, रामेश्वर थापाले ३ सय ८० र सुरेश मास्केले ३ सय ७५ मत पाए। नम्रता बनियाँले ३ सय १५, अनिश खत्रीले २ सय ९६, दयाराम अधिकारीले २ सय ९३, मछिन्द्र खकुरेलले २ सय ८७, प्रल्हाद केसीले २ सय ६१, राजु फुयाँलले २४१ र बसन्तराज कुइँलले २ सय २८ मत प्राप्त गरे।
गण्डकी प्रदेशमा पवित्रा थापाले सर्वाधिक १ हजार ४२ मत ल्याइन्। मनिष खनालले १ हजार १२, सोम शर्माले ९ सय ५५, पूजा बास्तोलाले ८ सय ९३ र पार्वती अधिकारीले ८ सय १५ मत पाए। विष्णुकुमारी गुरुङले ७ सय ७४, सन्तोष पन्तले ७ सय ४४, झबिलाल डुम्रेले ७ सय ८, जीवनकुमार श्रेष्ठले ६ सय ५९ र श्रीराम न्यौपानेले ६ सय ४९ मत ल्याए। सुदेश गुरुङले ५ सय ९२, मोहनबहादुर थापाले ४ सय ५९, धर्मराज केसीले ४ सय ५८, अशोक खड्काले ४ सय ११ र पदमराज पन्तीले ३ सय ७० मत प्राप्त गरे।
प्रकाश थापाले ३ सय ६४, मुक्ति अधिकारीले ३ सय ४९, पुष्पराज अधिकारीले ३ सय ३३, राजु दाहालले ३ सय १८ र महेन्द्र खड्काले ३ सय १५ मत ल्याए। विकास सिग्देलले २ सय ९५, तोयराज अधिकारीले २ सय ९०, सन्तोष एक्मिनले २ सय ८८, दीपककुमार बोगटीले २ सय ३६ र दाताराम चपाईंले १ सय ५८ मत पाए।
लुम्बिनी र कर्णालीको नतिजा
लुम्बिनी प्रदेशमा कल्पना पाण्डेले सर्वाधिक १ हजार १ सय ७ मत ल्याइन्। संगीता ढकालले १ हजार ९२, ज्ञानु पौडेलले ८ सय ९७, देवराज पाठकले ८ सय २० र शर्मिला खनालले ६ सय ६४ मत पाए। कमल सुबेदीले ६ सय १, बिराज पौडेलले ५ सय ९९, सरस्वती भण्डारी ढकालले ५ सय ३४, गोविन्द पन्थीले ५ सय २१ र टंकबहादुर धानीले ४ सय ७३ मत ल्याए। महेशराम थारुले ४ सय ६०, जनक भुसालले ४ सय २४, बुद्धिप्रसाद शर्माले ४ सय ३२, सुशील अधिकारीले ४ सय २७ र दीपक अधिकारीले ४ सय ६ मत प्राप्त गरे।
अर्जुनबहादुर शाहीले ४ सय ४, गोपाल पाण्डेले ४ सय १, नीलराज अधिकारीले ३ सय ७०, महेशकुमार शाहले ३ सय ६१ र अमृत भुसालले ३ सय ६० मत पाए। चेतन राणाले ३ सय ४२, कमल केसीले ३ सय २६, सुभाष शर्माले ३ सय १६, नरेशबहादुर पछाई क्षेत्रीले ३ सय १४ र गोपाल घिमिरेले ३ सय १२ मत ल्याए। शीतल भुसालले २ सय ९३, रमेश थापा क्षेत्रीले २ सय ७३, भीमबहादुर खड्काले २ सय ५५, राहुल केसीले २ सय ४४, देवराज भण्डारीले २ सय २९ र महेश भण्डारीले १ सय ४६ मत प्राप्त गरे।
कर्णाली प्रदेशमा सीता वादीले सर्वाधिक १ हजार ७ सय ५१ मत प्राप्त गरिन्। विनिता कठायतले १ हजार ५ सय, टासी ल्हजोमले १ हजार १ सय ३५, मेनुका शाहीले ७ सय ९८ र गोमा थापाले ६ सय १६ मत ल्याए। प्रकाश न्यौपानेले ६ सय १२, अनिल बनियाँले ६ सय ३, संगीताकुमारी थापाले ५ सय ७२, गणेश पाण्डेले ५ सय ७१ र महेशप्रसाद पाण्डेले ५ सय १४ मत पाए। प्रेमबहादुर बोहराले ४ सय ७१, प्रकाशबहादुर बोहराले ४ सय ५१, तेजकुमार बिकले ४ सय १४, मानबहादुर शाहीले ३ सय ९१ र नरेश त्रिमलसिंहले ३ सय ५१ मत ल्याए।
सुदीप पुरीले ३ सय ५०, टंकप्रसाद जैसीले ३ सय १९, हिमा केसी बन्जराले ३ सय १४, पवनराज देवकोटाले ३ सय १० र मिनराज आचार्यले ३ सय २ मत प्राप्त गरे। सुनिल हमालले २ सय ७२, प्रेमबहादुर भण्डारीले २ सय ६७, नेत्रकुमार केसीले २ सय ६२, शेरबहादुर राउतले २ सय ५३ र नरेश तिम्सिनाले २ सय ५१ मत पाए। गोपाल प्याकुरेलले २ सय ३३, कमलबहादुर खड्काले २ सय २६, राघव कार्कीले २ सय २४, टेकबहादुर सिंह ठकुरीले २ सय २०, अविनाश थानीले २ सय १५, उदयकुमार मल्लले २ सय ४ र धिरजबहादुर ओलीले १ सय ६४ मत ल्याए।
सुदूरपश्चिमको मत विवरण
सुदूरपश्चिम प्रदेशमा सर्वाधिक मत ल्याउने हेमराज थापापछि केपी खनालले १ हजार ८ सय ४० मत प्राप्त गरे। दीपकराज मोहराले १ हजार ४ सय ५०, जानकी जोशीले १ हजार १ सय ४८ र चन्द्रा ए चाँदनीले १ हजार १ सय २६ मत ल्याए। रत्न थापाले ९ सय ६१, सैलेशकुमार सिंहले ७ सय ६३, शिवराज पन्तले ६ सय ३७ र बहादुर बिष्टले ५ सय ५० मत पाए।
हरिमोहन भण्डारीले ५ सय ४१, नमराज न्यौपानेले ५ सय २३, ज्ञानेन्द्रसिंह महताले ५ सय १८ र मिनबहादुर बोहराले ४ सय ८६ मत ल्याए। उमेशराज पाण्डेले ४ सय ७१, पदमराज शर्माले ४ सय ४५, सागर टमाटाले ४ सय ४२, मदनसिंह बिष्टले ४ सय ३९ र कृष्णबहादुर पटालाले ४ सय १९ मत प्राप्त गरे।









प्रतिक्रिया