
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि भएको मतदानको प्रारम्भिक नतिजा आउन थालेको छ । भरतपुरमा जारी प्रथम महाधिवेशनअन्तर्गत खुलातर्फको मतगणना सुरु भएको हो, जसमा पहिलो चरणमा प्रवासतर्फको मत गणना गरिएको छ ।
रास्वपाको ६४ जना खुला केन्द्रीय सदस्यका लागि कुल २ सय ४ जनाले उम्मेदवारी दिएका छन् । हालसम्म बाहिरिएको प्रारम्भिक मतपरिणाम अनुसार डा. स्वर्णिम वाग्लेले सर्वाधिक मतसहित अग्रता बनाएका छन् ।
कसले कति मत पाए ?
प्रवासतर्फको प्रारम्भिक मतगणनामा शीर्ष नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्राप्त विवरण अनुसार डा. स्वर्णिम वाग्लेले ४९ मत पाउँदा सोबिता गौतमले ४७ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
| उम्मेदवार | प्राप्त मत |
| स्वर्णिम वाग्ले | ४९ |
| सोबिता गौतम | ४७ |
| तोसिमा कार्की | ४५ |
| राजिव खत्री | ४४ |
| रञ्जु दर्शना | ४४ |
| मनिष झा | ४४ |
| विपिन आचार्य | ४३ |
| रमेश प्रसाईं | ४३ |
| सागर ढकाल | ४३ |
| शिशिर खनाल | ४३ |
| इन्दिरा राना | ४३ |
| कबिन्द्र बुर्लाकोटी | ४३ |
| निशा डाँगी | ४३ |
| हरि ढकाल | ४३ |
| गणेश पराजुली | ४३ |
खुलातर्फका अन्य उम्मेदवारहरूको मत गणना पनि क्रमशः अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।









प्रतिक्रिया