
नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।
मूल्य बढेसँगै बजारमा प्रतितोला सुनको मूल्य झन्डै ३ लाख रुपैयाँ नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले बढेको हो।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार शुक्रबार सेतो धातु चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँ निर्धारण गरिएको छ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेकाले स्थानीय बजारमा प्रत्यक्ष प्रभाव परेको हो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार विश्व बजारमा प्रतिऔँस सुन ४ हजार १ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।










प्रतिक्रिया