सुनको मूल्यमा भारी गिरावट

सून र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजारमा मंगलबार मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ। महासंघले तोकेको नयाँ दरभाउ अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको महासंघले बताएको छ। मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ थियो। महासंघका अनुसार मंगलबार १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय ७४ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री