
नेप्से परिसूचक १६.५४ अंक घटेर २ हजार ६ सय ३२ दशमलव ९६ विन्दुमा झरेको छ। त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स १ दशमलव ८४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ५८ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३ सय ५१ स्टकको ४४ हजार ९ सय ४२ पटकको कारोबारमा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको ७६ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबारमा आएको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ५ दशमलव ८३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यस्तै, सोपान फर्मास्यूटिकल्सको करिब ९ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ३९ प्रतिशत घटेको छ।
त्यस्तै, वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।









प्रतिक्रिया