एमाले उपाध्यक्ष पौडेललाई ३ दिन हिरासतमा राख्न अनुमति

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि म्याद थप भएको छ।

Advertisement

विशेष अदालतले पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि म्याद थप गर्न सोमबार पौडेललाई अदालतमा पेस गरेको थियो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले विभागलाई म्याद थपको अनुमति दिएको हो।

अदालतको आदेशलगत्तै पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ। यसअघि उनी असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री