
सेयर बजार मापन गर्ने नेप्से परिसूचक बिहीबार पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव ५० अङ्कले घटेर २ हजार ६ सय ५१ दशमलव ५२ विन्दुमा झरेको हो ।
ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ६४ अङ्कले ओरालो लागेर ४ सय ५८ दशमलव २३ मा सीमित भएको छ । बजारमा कुल ३ सय ३८ कम्पनीको ६४ लाख ८० हजार ५ सय ९९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
बजारमा सोापान फर्मासिटिकल्स सर्वाधिक कारोबारका आधारमा शीर्ष स्थानमा रहन सफल भयो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबिआई बैंक बढी कारोबार हुने शीर्ष पाँच कम्पनीभित्र परेका छन् ।
नेप्सेका अनुसार टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले नाफा कमाएका छन् । अर्कातर्फ भुजुङ हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, भगवती हाइड्रोपावर, सानिमा डिवेञ्चर र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।









प्रतिक्रिया