विश्वकप खेल्ने ११ अर्बपति खेलाडी: रोनाल्डोदेखि नेयमारसम्म कसको कमाइ कति ?

यस वर्षको फिफा विश्वकपमा इतिहासमै पहिलो पटक धेरै नयाँ रेकर्डहरू बनिरहेका छन् । प्रतियोगिताको ९६ वर्षको इतिहासमा पहिलो पटक ४८ टोलीहरू सहभागी भएका छन् भने तीन देशका १६ सहरहरूमा खेलहरू आयोजना भइरहेका छन् ।

Advertisement

यसका साथै अर्बपति खेलाडीहरू मैदानमा उत्रिएको यो पहिलो विश्वकप हो । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी जस्ता डलर अर्बपतिहरू आ–आफ्नो टोलीको नेतृत्व गरिरहेका छन् । तर महँगो टिकट मूल्यका कारण फिफाले चर्को आलोचना समेत खेप्नुपरेको छ ।

सर्वाधिक कमाउने ११ खेलाडीहरू

विश्वकप २०२६ मा प्रतिस्पर्धा गरिरहेका सबैभन्दा धेरै कमाउने ११ खेलाडीहरूको सूची यसप्रकार छ:

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल): कुल ३०० मिलियन डलर आम्दानीसहित ४१ वर्षीय रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी हुन् । उनको कुल सम्पत्ति १.२ बिलियन डलर अनुमान गरिएको छ र उनी करियरमा २ बिलियन डलरभन्दा बढी कमाउने एक मात्र खेलाडी हुन् ।

लियोनेल मेस्सी (अर्जेन्टिना): ३९ वर्षीय मेस्सीको आम्दानी १४० मिलियन डलर रहेको छ । फोर्ब्सको अर्बपति सूचीमा परेका उनको कुल सम्पत्ति १.१ बिलियन डलर रहेको छ र उनी छैटौँ पटक विश्वकप खेल्दै छन् ।

किलियन एम्बाप्पे (फ्रान्स): २७ वर्षीय फरवार्ड एम्बाप्पेको आम्दानी ९५ मिलियन डलर छ । उनी विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सीभन्दा दुई गोलले मात्र पछाडि छन् ।

अर्लिङ हालान्ड (नर्वे): २५ वर्षीय स्ट्राइकर हालान्डको आम्दानी ८० मिलियन डलर रहेको छ । उनी सन् १९९८ पछि पहिलो पटक विश्वकपमा पुगेको नर्वेको टोली सम्हालिरहेका छन् ।

भिनिसियस जुनियर (ब्राजिल): २५ वर्षीय भिनिसियसको आम्दानी ६० मिलियन डलर छ । उनले जारी विश्वकपको खेलमा दुई गोल गर्दै आफ्नो उत्कृष्ट लय प्रदर्शन गरिसकेका छन् ।

मोहम्मद सलाह (इजिप्ट): ३३ वर्षीय विङ्गर सलाहको आम्दानी ५५ मिलियन डलर रहेको छ । लिभरपुलसँगको सम्झौता अन्त्य गर्दै उनी आफ्नो देशलाई चौथो पटक विश्वकपमा नेतृत्व दिइरहेका छन् ।

साडियो माने (सेनेगल): ३४ वर्षीय मानेको आम्दानी ५४ मिलियन डलर छ । साउदी क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेल्ने उनी सेनेगललाई अघिल्लो चरण पुर्‍याउने प्रयासमा छन् ।

जुड बेलिङ्घम (इङ्गल्याण्ड): २२ वर्षीय मिडफिल्डर बेलिङ्घमको आम्दानी ४४ मिलियन डलर छ । रियल म्याड्रिडका यी स्टार खेलाडीले इङ्गल्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

लामिने यामल (स्पेन): १८ वर्षीय युवा विङ्गर यामलको आम्दानी ४३ मिलियन डलर छ । चोटमुक्त हुँदै टोलीमा फर्किएका उनले जारी विश्वकपमा गोल समेत गरिसकेका छन् ।

ह्यारी केन (इङ्गल्याण्ड): ३२ वर्षीय स्ट्राइकर केनको आम्दानी ४१ मिलियन डलर छ । जर्मनीको बायर्न म्युनिखबाट खेल्ने उनी इङ्गल्याण्डका अहिलेसम्मका शीर्ष गोलकर्ता हुन् ।

नेयमार (ब्राजिल): ३४ वर्षीय फरवार्ड नेयमारको आम्दानी ३८ मिलियन डलर रहेको छ । चोटका कारण केही खेल गुमाए पनि उनले ब्राजिलको प्रतिष्ठित १० नम्बरको जर्सी लगाएर मैदानमा पुनरागमन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री