
प्रतिनिधि सभाले आगामी आर्थिक वर्षका लागि महत्त्वपूर्ण मानिएका दुई विधेयक पारित गरेको छ। आइतबार बसेको बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे।
यो विधेयक आगामी साउन महिनाबाट पूर्ण रूपमा लागू हुनेछ। यसले नयाँ आर्थिक वर्षको राजस्व र करका दरहरूलाई कानुनी मान्यता दिनेछ।
बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई भने सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
सभामुख अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनै आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे। सभामुख अर्यालले विपक्षमा ‘हुन्न’ भन्ने आवाज नसुनिएकाले विधेयक सर्वसम्मतिले पारित भएको बैठकमा बताए।









प्रतिक्रिया