एनआईसी एशियाको हकप्रद सेयर जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रति सेयर १०० अंकित दरका१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ कित्ता साधारण सेयरको दुई सेयर बराबर एक (२ः१) सेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण सेयर बराबर नयाँ १ (एक) कित्ता साधारण सेयर) को अनुपातमा साविकका सेयरधनीहरुको लागि ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ रुपैयाँ बराबरको प्रति कित्ता १०० (अक्षरेपी एक सय रुपैयाँ मात्र) को ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।

उक्त हकप्रद सेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइनेछ ।

हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पुँजी संरचना सुदृढ बनाउन, पुँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ ।

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गाना द्वारा हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री