समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को चरणबद्ध खेलहरू सकिएसँगै कोलम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा प्रवेश गरेका छन्। समूहको अन्तिम प्रतिस्पर्धामा रोमाञ्चक नतिजाहरू आएसँगै तीनवटै टोलीले नकआउटको यात्रा तय गरेका हुन्।

आइतबार मियामी स्टेडियममा भएको खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडे। यो नतिजासँगै कोलम्बिया ३ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्यो भने ५ अंक जोडेको पोर्चुगल उपविजेताका रूपमा अघिल्लो चरण पुग्यो।

डीआर कंगोको ऐतिहासिक कमब्याक

Advertisement

समूहको अर्को खेलमा डीआर कंगोले उज्बेकिस्तानमाथि ३-१ को सानदार पुनरागमन जित दर्ता गर्‍यो। खेलको १०औं मिनेटमा एल्डोर शोमुरोडोभको गोलबाट उज्बेकिस्तानले सुरुवाती अग्रता लिएको थियो।

दोस्रो हाफमा उत्कृष्ट लय समातेको कंगोका लागि ६८औं मिनेटमा योआने विसाले पेनाल्टीमार्फत बराबरी गोल गरे। त्यसपछि ७८औं मिनेटमा फिस्टन मायेलेले र इन्जुरी समयमा विसाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे।

५२ वर्षपछिको उपलब्धि

उज्बेकिस्तानमाथिको यो जितसँगै डीआर कंगोले ३ खेलबाट ४ अंक जोडेर समूहमा तेस्रो स्थान हासिल गर्‍यो। ५२ वर्षपछि विश्वकप खेलेको कंगो उत्कृष्ट तेस्रो टोली बन्दै पहिलो पटकमै नकआउट चरण पुग्न सफल भएको हो। अब टोलीले जुलाई १ मा एटलान्टामै इङ्ल्यान्डसँग अन्तिम ३२ को खेल खेल्नेछ।

प्रतियोगिताभरि कुनै अंक जोड्न नसकेको उज्बेकिस्तान भने समूहको पुछारमा रहँदै विश्वकपबाट बाहिरियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री