
फिफा विश्वकप २०२६ को समूह ‘के’ को अन्तिम खेलमा गोलरहित बराबरी खेल्दै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्।
मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अंक बाँड्दै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
यो बराबरीसँगै कोलम्बिया ३ खेलबाट ७ अंक जोड्दै समूह विजेताका रूपमा अघिल्लो चरण पुगेको छ। पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो।

खेलभरि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेनन्। पहिलो हाफमा कोलम्बियाले पोर्चुगलको रक्षापंक्तिमाथि केही दबाब सिर्जना गरेको थियो।
लुइस डियाज र जेम्स रोड्रिगेजको प्रहारलाई पोर्चुगलका गोलरक्षकले उत्कृष्ट बचाउ गरे। दोस्रो हाफमा पोर्चुगलले खेलमा सुधार गरे पनि कोलम्बियाको मजबुत डिफेन्स तोड्न असफल भयो।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोलम्बियाका डिफेन्डरहरूले खेलभरि कडा निगरानीमा राखेका थिए। उनले पाएका केही अवसर पनि सदुपयोग हुन सकेनन्।









प्रतिक्रिया