
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को निर्णायक खेलमा अल्जेरिया र अस्ट्रियाले पहिलो हाफसम्म १-१ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।
कान्सास सिटी स्टेडियममा जारी यस प्रतिस्पर्धामा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरिरहेका छन्।
खेलको २८औँ मिनेटमा अस्ट्रियाका मार्को अर्नौटोभिकले कप्तान डेभिड अलाबाको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। यसअघि खेलको ११औँ मिनेटमा उनले अल्जेरियाका एइसा मान्दीमाथि खराब ट्याकल गरेबापत पहेँलो कार्ड समेत पाएका थिए।
पहिलो हाफ सकिनु ठीक अघि ४५औँ मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। यो महत्त्वपूर्ण गोलसँगै अल्जेरिया खेलमा फर्कन सफल भयो।









प्रतिक्रिया