
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनविरुद्ध पहिलो हाफमा २-० को बलियो अग्रता बनाएको छ।
डल्लास स्टेडियममा भइरहेको यस खेलमा अर्जेन्टिनाका लागि सुरुवाती समयदेखि नै खेलाडीहरूले आक्रामक रणनीति अपनाए।
खेलको १९औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोलीलाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।









प्रतिक्रिया