प्यूठानमा नगरपालिकाको जिप दुर्घटना, उपप्रमुख राना मगरको निधन

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

Advertisement

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा गुडिरहेको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उनको ज्यान गएको हो ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको जिप सडकबाट तल खसेको थियो । दुर्घटना हुँदा जिप उपप्रमुख राना मगर आफैंले चलाइरहेको प्रहरीले जनाएको छ ।

उपप्रमुख राना नगरपालिकाको सवारी साधन लिएर अनुगमनका लागि निस्किएका थिए । सोही क्रममा उनको गाडी दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीले बताए ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री