बेल्जियम र इजिप्ट अन्तिम ३२ मा, न्युजिल्यान्ड बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ बाट बेल्जियम र इजिप्ट प्रतियोगिताको अन्तिम ३२ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन्।

Advertisement

शनिबार भएको समूह चरणको अन्तिम खेलको नतिजासँगै न्युजिल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।

क्यानडाको भ्यान्कुभरस्थित बीसी प्लेस रंगशालामा भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्‍यो। यो शानदार जितसँगै बेल्जियम ५ अंक जोडेर समूह विजेता बन्दै अर्को चरणमा पुगेको हो।

बेल्जियमका लागि लिएन्ड्रो ट्रोसार्डले दुई गोल गर्दा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल थपे। सुरुदेखि नै दबाबमा परेको न्युजिल्यान्ड खेलमा फर्कन सकेन।

इजिप्ट पनि नकआउट चरणमा

शनिबार नै भएको समूहको अर्को खेलमा इजिप्ट र इरानले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्। यो बराबरीसँगै इजिप्टको पनि ५ अंक नै पुगेको छ।

समान अंक भए पनि गोलअन्तरका आधारमा इजिप्ट समूहको दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा पुग्न सफल भयो। खेलको चौथो मिनेटमै महमुद साबेरको गोलबाट इजिप्टले अग्रता लिएको थियो।

खेलको १० औं मिनेटमा इरानका मेहदी तारेमी पेनाल्टीमा चुके पनि १३ औं मिनेटमा रामिन रेजाईयानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। इरानले पनि उत्कृष्ट खेल प्रदर्शन गरे पनि अंक तालिकामा पछि पर्दै अर्को चरणको यात्रा तय गर्न सकेन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री