मन्त्रिपरिषद् बैठक : एउटा मात्र निर्णय त्यो पनि सुनाइएन

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। यस पटकको बैठकमा मन्त्रीहरूको उपस्थिति निकै न्यून रहेको थियो।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा चलिरहेकाले धेरैजसो मन्त्रीहरू त्यही कार्यक्रममा सहभागी भएका हुन्। मन्त्रीहरू चितवनमा व्यस्त भएकै कारण आजको मन्त्रिपरिषद् बैठकको तस्बिर समेत सार्वजनिक गरिएन।

स्रोतका अनुसार आजको बैठकले एउटा मात्र निर्णय गरेको छ। उक्त निर्णयलाई भने अर्को बैठकपछि मात्र सार्वजनिक गर्ने सहमति भएको छ।

सामान्यतः मन्त्रिपरिषद् बैठक लगत्तै निर्णयहरू सुनाउने परम्परा रहे पनि यस पटक भने निर्णय गोप्य राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री