रास्वपा महाधिवेशन: कोशी प्रदेश समूहमा निशा मेहतालाई सर्वाधिक मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको कोशी प्रदेश समूहको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार महिला उम्मेदवार निशा मेहताले सबैभन्दा बढी १ हजार ८ सय ६१ मत प्राप्त गरेकी छन् ।

Advertisement

उनलाई पछ्याउँदै विश्वराज पोखरेलले १ हजार ४ सय ६० मत, शोभा कार्कीले १ हजार २ सय ४ मत र कल्पना थापाले ९ सय ३९ मत प्राप्त गरेका छन् । चुनावी मैदानमा रहेका कोशी प्रदेशका उम्मेदवारहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो ।

कसले कति मत पाए?

पार्टीको नयाँ कार्यसमिति चयनका लागि भएको यस प्रतिस्पर्धामा सुजाता तामाङले ८ सय ३९ मत, लालविक्रम थापाले ७ सय ८३ मत, सयमलाल चौधरीले ७ सय ५८ मत र प्रकाश पाठकले ७ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै वीरेन्द्र श्रेष्ठले ६ सय ३१ मत, राजकुमार राईले ६ सय २४ मत र पारमणि गेलालले ६ सय १३ मत पाएका छन् ।

मतगणनाको अन्तिम विवरण अनुसार नवीन खड्काले ५ सय ५५ मत, प्रजना राईले ५ सय ३९ मत, भूमिनन्द बरालले ५ सय २६ मत र पिताम्बर तिम्सिनाले ४ सय ९७ मत प्राप्त गरे । त्यसैगरी रमेशप्रसाद ओझाले ४ सय ८८ मत, ऋतुराज लिम्बुले ४ सय ४४ मत, कृष्णबहादुर चोङबाङ लिम्बुले ४ सय मत र सिर्जना लामा फोम्बोले ३ सय २४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री