नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य

सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ।

स हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे।

Advertisement

यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले। उनले ७ छक्का र ५ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोडे। उनले ४ छक्का र १ चौका हिर्काए।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सिद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए।

Advertisement

नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री